(एबिसि संचार ) विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न झापाको बाल क्लबले अभियान थालेको छ ।मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल क्लबले उक्त अभियान शुरू गरेको हो ।उक्त क्लबले र्याली आयोजना गर्दै पसलमा गएर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न अपिल गरेको छ । पसलमा त्यस्ता पदार्थ बिक्री वितरण बन्द गरिएको छ वा छैन भनेर अनुगमनसमेत गरिरहेको उनको भनाइ थियो । विद्यालयमा अध्ययनरत स–साना विद्यार्थीले पनि भोला, गुड्खा, पराग, मुस्कान, मेघाश्री, राजनिवासजस्ता सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएकाले विद्यालय हातादेखि एक सय मिटर दूरीभित्रका पसलमा यस्ता पदार्थ बिक्री नगर्न हार्दिक अनुरोध गर्दछौं’, क्लबले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ, ‘विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई पसलेलाई पनि सुर्ती तथा सुर्तीजन्य पदार्थ एवं मादक पदार्थ बिक्री वितरण नगरिदिन अपिल गर्दछौं ।’विद्यालय पोसाकमा विद्यालयबाहिर यस्ता क्रियाकलापमा विद्यार्थी संलग्न भएको देखिए तुरुन्तै विद्यालयमा खबर गरिदिन समेत क्लबले अपिल गरेको छ ।