३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

१० वर्षे छोरा अपहरण गर्ने पक्राउ, बालकको सकुशल उद्धार

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष २६, २०८०

(एबिसि संचार )

अपहरणमा परेका १० वर्षीय बालकलाई सकुशल उद्धार गर्दै मोरङ प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

मोरङ जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरालाई अपहरण गरेको आरोपमा बुधबार  प्रहरीले जहदा– १ का २० वर्षे अभिषेक यादव, १९ वर्षे मिथिलेशकुमार यादव र विराटनगर–१८ का २१ वर्षे विवेकानन्द यादवलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

डिएसपी दाहालका अनुसार बुधबार दिउँसो दुई बजेतिर घर नजिकैको चउरमा खेलिरहेका बालकलाई अपहरणकारीले ‘स्कुलमा फोटो खिच्नु छ’ भन्दै साइकलमा राखेर विराटनगरतर्फ लगेका थिए।

‘बेलैमा प्रहरीले खबर पाएपछि केहीबेरमै बालकको उद्धार भयो’, डिएसपी दाहालले भने ‘घटनामा संलग्न तीन जनालाई पक्राउसमेत गरियो।’

प्रहरीका अनुसार पक्राउ पर्ने तीनै जना भाडामा प्रयोग भएकाहरू हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

error: Content is protected !!