०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

११ गते मधेश प्रदेश बन्द गर्ने आजपाको निर्णय

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष २७, २०८०

(एबिसि संचार )                                                                प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको आजपाको मधेश प्रदेशको पदाधिकारिको विस्तारीत बैठकले बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेस बन्द गर्ने निर्णय गरेको हो । बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा  दिलाउन माग ११ गते मधेश बन्द गर्ने निर्णय गरेको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए । उनका अनुसार बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले  मधेश प्रदेसको प्रत्येक जिल्लामा मसाल जुलुस गर्ने छ । बैंकहरुले लिनेगरेको बढी ब्याज फिर्ता र लघुवित्त सहकारीको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने माग राखेर आमजनता पार्टीले बिभिन्न कार्यक्रम गर्दै आएको छ।आजपाले माघ ११ गते राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रदेश बन्दको घोषणा गरेको देखिन्छ । आजपाले राष्ट्रियसभा निर्वाचनमा भाग पनि लिएको छ । माघ ११ मा सातै प्रदेशमा गरी राष्ट्रियसभाका १९ पदमा निर्वाचन हुँदैन ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!