३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

ब्ल्याकमेलिङ गरेर यौन शोषण गर्ने भारतीय नागरिक पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष २७, २०८०

(एबिसि संचार )                                                                विद्युतीय माध्यमबाट ब्ल्याकमेलिङ गरेर यौन शोषण गरेको आरोपमा भारतीय नागरिकलाई उपत्यका प्रहरी कार्यालयले पक्राउ गरेको छ । जोगबनी घर भएका रवि कुमारलाई विराटनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले  बताए ।काठमाडौँमा बलात्कार गरेर भारत गएका रवि कुमारले अश्लील भिडियो बनाएर पीडितहरुलाई विराटनगरमा बोलाएर समेत यौन शोषण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका प्रहरी कार्यालबाट डिएसपीको नेतृत्वमा खटिएको टोलीले रवि कुमारलाई काठमाडौँ ल्याउँदै छन् ।  रवि कुमारले अहिलेसम्म ३ जनालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँ र कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रमा दर्ता भएको छ । बलात्कारपछि उनले पीडिहरुलाई धम्की समेत दिने गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । ती अधिकृत भन्छन्,‘एक महिनाभित्र उनी ५ वटा बलात्कारमा संलग्न भएको भेटिएको छ, ३ जना पीडित हाम्रो सम्पर्कमा छन् ।’(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!