१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

चित्लाङ दुर्घटना : मृतकको संख्या ५ पुग्यो

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष २८, २०८०

(एबिसि संचार )                                                              थानकोट–चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । कार दुर्घटनामा गम्भीर घाइते भएकी स्मारिका गौतमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनमा मृत्यु हुने अन्य ४ जनाको पहिचान खुलेको छ । घटनास्थलमै मृत्यु हुनेहरुमा काठमाडौँ महानगरपालिका ३० का ओमकार निधि तिवारी, सोही ठाउँ बस्ने ६४ वर्षीय कल्पना तिवारी, कार चालक काठमाडौँ महानगरपालिका २ लाजिम्पाटका डा.महेशकुमार गौतम, सोही ठाउँ बस्ने ४ वर्षीय प्रियान्स गौतम रहेका छन् ।  सोही गाडीमा सवार डा. सृष्टि तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ ।शनिवार काठमाडौँको चन्दागिरी नगरपालिका ४ पानिघाटभन्दा माथि  सेतो पहरा भन्ने स्थानमा काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५  दुर्घटना भएको थियो । कार अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ। नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज […]

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]

error: Content is protected !!