०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

राप्ती नदिमा खसेको बस निकालियाे पूलमा हुने भयो निकै जोखिम

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ ०२, २०८०

 

बिदुर एम सी,

माघ ०२, भालुवाङ ।
भालुवाङकाे राप्ती पूलबाट तल बगरमा खसेको डिलक्स बस क्रेनकाे सहायताले माथि सडकमा निकालिएको छ । सोमबार दिउँसो र रातिको कोशिशले बस माथि सडकमा ल्याइएको छ ।

जहाँबाट बस खसेको थियो, त्यहीँबाट सोही बसलाई निकाल्दाखेरि पूलको छेउको बाँकी रहेको रेलिङबार पनि भाँचिएको छ । यसरी बस खस्दा र निकाल्दा रेलिङबार भाँचिएको हुनाले पूल निकै जोखिम बनेको छ । सम्बन्धित निकायले पूलको भाँचिएको रेलिङबार बनाउन समयमै ध्यान दिएन भने त्यस ठाउँबाट अझै कति दुर्घटना हुने हुन् भन्नेमा सबैमा त्रास छाएको छ । तसर्थ, त्यो रेलिङ यथाशीघ्र बनोस्, सबैलाई यही आशा लागिरहेछ ।

गत शुक्रबार रातिको १० बजेतिर नेपालगञ्जदेखि राजधानी काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक डिलक्स बस अनियन्त्रित भई पूलको रेलिङबार भत्काएर राप्ती नदिको बगर कुनामा बजारिएको थियो ।

दुर्घटनामा परेर १२ यात्रुको तत्काल मृत्यु भएको र बसका चालक, सह चालक सहित अरु २३ यात्रु घाइते भएका थिए । राप्ती नदिको किनार अत्यन्तै चिसो मौसम, अँध्यारो रातिका बावजूद पनि भालुवाङ बजारका स्थानीयबासिन्दा व्यवसायी, अस्थायी ट्राफिक पाेष्ट भालुवाङ, ईलाका प्रहरी कार्यालय भालुवाङ र सशस्त्र प्रहरी बल २९ नम्बर ज्वालामाई गण भालुवाङ्को संयुक्त प्रयासले दुर्घटनाका घाइते तथा मृत्यु भएकाहरुलाई अति छिटो उध्दार गर्न संभव भएको थियो ।

आफ्नो गल्ती ढाकछोप गर्न बसका चालक, सह चालकले घटनाको ताेडमाेड गरेर बताएका छन् । तर अत्यन्तै तिब्र गतिका कारणले सिधा बाटोमा पनि बस अनियन्त्रित भएर पूलकाे रेलिङबार भत्काएर पूलको तल बगरमा उत्तानो अवस्थामा पल्टिएको थियो ।
निकै हुइँकिएर चलेको,त्यहीँ ड्युटीमा तैनाथ ट्राफिकले सिठ्ठी फुकेर राेक्न खोज्दा पनि नरोकिएको र नजिकै पूलमा गएर डरलाग्दो आवाज सहित पूलबाट खसेको स्थानीयबासीहरु बताउँछन् । एउटा चालकको चरम लापरबाहीले यति ठूलो जनधनको क्षति भएकोमा आम नागरिकहरुले साह्रै दुख पोखेका छन् । सर्व साधारण नागरिकको भनाइलाई आधार मान्ने होभने उक्त बस दुर्घटनामा सरासर चालककाे गल्ती देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!