(एबिसि संचार ) सरकारले २७ जना सहसचिवहरूको सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहका स्वकीय सचिव कमल चुडालका अनुसार बुधवार बसेको मन्त्रिपरिषद् बैठकबाट २७ जना सहसचिवहरूको सरुवा भएको हो ।आज बसेको मन्त्रिपरिषद् बैठकबाट २७ जना सहसचिवहरूको सरुवा गरिने निर्णय भएको हो । प्रमाणीकरण भएर आइसकेको छैन’, चुडालले लोकान्तरसँग भने, ‘अब भोलि प्रमाणीकरण भएर आउला ।’विभिन्न प्रदेशमा सहसचिवहरूलाई पठाइएको उनले बताए । ‘यो सरुवा प्रदेश स्तरीय नै भएको हो, सबै प्रदेशमा विभिन्न मन्त्रालयमा रिक्त रहेका सचिव पदको लागि सरुवा गरिएको हो’,
मन्त्रालयबाट पठाइएको सहसचिवको सरुवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किएको थियो ।
मन्त्रालयले गत पुष २३ गते ३२ जना सहसचिवहरूको सरुवा हुनुपर्ने निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको थियो । (रास्स)