३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

फलामे पुल भाँचियो, २ कामदार घाइते

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ ०६, २०८०

(एबिसि संचार )                                                              पाल्पाको झुम्साखोलामा खानेपानी पाइपका लागि निर्माण गरिएको फलामे पुल भाँचिएर शनिवार दुईजना कामदार घाइते भएका छन् । फलामबाट बनेको पुलको तल्लो भागमा राखेको टेका हटाउन नट बोल्ट खोल्ने क्रममा एक्कासी पुल भाँचिएर तिनाउ गाउँपालिका–४, कोलडाँडाका ३९ वर्षीय रनबहादुर गाहा र रौतहटको चन्द्रनिगाहपुर घर भएका २२ वर्षको लक्षु माझी घाइते भएका हुन् । गाहाका दुवै खुट्टा भाँचिएको र माझीको खुट्टामा चोट लागेको प्रहरी चौकी, दोभान पाल्पाका प्रमुख पृथ्वी काफ्लेले जानकारी दिए । घाइते दुवैको उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रदेशिक अस्पताल ल्याइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]