२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिए

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ ०९, २०८०

(एबिसि संचार )                                                                सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । जनमत पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको जनाएको छ ।
जनमत पार्टीका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्रीहरुले पदबाट राजीनामा दिइसकेको जानकारी दिए । सत्ताको नेतृत्व गरेको दल जसपासँग विवाद उत्पन्न भएपछि जनमत सरकारबाट बाहिरिएको जनाइएको छ । सप्तरीमा जनमतलाई बाइपास गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालय शिलान्यास गरेपछि  राउत असन्तुष्ट बनेका थिए ।यस्तै मधेस सरकारका अन्य कतिपय कामकारबाहीमा समेत जनमतले असन्तुष्टि पोख्दै आएको थियो । मधेसमा जनमतबाट २ मन्त्री र एक राज्यमन्त्री सरकारमा थिए । जनमतका मधेस प्रदेशमा १३ सांसद रहेका छन् भने समर्थन फिर्ता लिँदा पनि सरकारलाई भने तत्काल कुनै असर पर्ने देखिँदैन । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!