३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

संयुक्त राष्ट्रसंघकी उपमहासचिवले भेटिन् रक्षामन्त्री

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ १०, २०८०

(एबिसि संचार )

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसंघकी अन्डर सेक्रेटरी जनरल एण्ड द यूएन हाइ रिप्रिजेन्टेटिभ फर डिसआरमेन्ट अफेयर्स इजुमी नाकामित्सुलेले सिंहदरबारमा भेट गरेकी छन्।

भेटमा उपप्रधानमन्त्री खड्काले नाकामित्सुलाई स्वागत गर्दै संयुक्त राष्ट्रसंघबाट भएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।

सो अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नेपाल र संयुक्त राष्ट्रसंघबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको, नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्‍त गरेदेखि नै संयुक्त राष्ट्रसंघको कार्यक्रमहरूमा सहभागी हुँदै आएको र संयुक्त राष्ट्रसंघको वडापत्र एवं जिम्मेवारीप्रति प्रतिवद्ध रहेको उल्लेख गरे।

विश्व शान्ति कायम गर्ने संयुक्त राष्ट्रसंघको उद्देश्य प्राप्‍तिमा नेपाल सक्रियतापूर्वक लागि रहेको र यसै सन्दर्भमा विश्वका १२ राष्ट्रका १३ वटा मिसनमा छ हजारभन्दा बढी शान्ति सैनिक परिचालन गरी महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको कुरा रक्षामन्त्री खड्काले उल्लेख गरे।

साथै, नेपालले लैङ्गिक हिंसा तथा यौन दुर्व्यवहारमा शून्य सहनशीलताको नीति लिएको समेत उनले बताए।

उक्त अवसरमा उनले नेपाल सधैं नि:शस्त्रीकरणको पक्षमा रहेको र त्यसका लागि संयुक्त राष्ट्र संघले अघि बढाएका अधिकांश उपकरणप्रति नेपाल प्रतिवद्ध रहेको बताए। साथै उनले शान्ति तथा निशस्त्रीकरणसम्बन्धी काठमाडौंमा रहेको क्षेत्रीय केन्द्रलाई क्रियाशील बनाउन र काठमाडौं प्रोसेसमार्फत् क्षेत्रीय शान्ति प्रवर्द्धनमा अगाडि बढ्नु पर्नेमा जोड दिए।

सो अवसरमा संयुक्त राष्ट्रसंघका नाकामित्सुले नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति प्रवर्द्धनसम्बन्धी कार्यक्रमका लागि उपयुक्त स्थान भएको कुरामा जोड दिँदै संयुक्त राष्ट्रसंघले विश्व शान्ति एवं नि:शस्त्रीकरणमा नेपालसँग मिलेर थप कार्य गर्न चाहेको कुरा उल्लेख गरिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!