३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

२ विदेशीसहित ६ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ ११, २०८०

(एबिसि संचार )                                                                क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना क्यानेडियन र भारतीयसमेत रहेका छन् । मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानेडा लैजाने प्रलोभन देखाएर अन्र्तवार्ता लिन बोलाएको सूचना पाएको प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनारले छोरी क्यानेडामा रहेकाले सिधैं भिषा निकाल्ने प्रलोभन देखाएर अन्र्तवार्तामा बोलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए । ‘अन्तरवार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्तरवार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा फेला पार्‍यौं’, उनले भने । पक्राउ पर्नेमा पार्वती सुनारसहित  पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीया रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् । यस्तै क्यानेडाका स्थायी ठेगनाका भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपालका ३२ वर्षीय इस्मित कौरसमेत पक्राउ परेका छन् । पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धि मुद्वामा ५ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!