३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

चिनियाँ कम्युनिष्ट पार्टीकी उपप्रमुख काठमाडौंमा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ १२, २०८०

(एबिसि संचार )

चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख सुन हैयान नेपाल आएकी छन्।

तीन दिने नेपाल भ्रमणका लागि उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन्।

हैयानलाई स्वागत गर्न नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साह अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

माओवादीको निमन्त्रणामा हैयान नेपाल आएको उपाध्यक्ष भुसालले सेतोपाटीलाई जानकारी दिइन्।

हैयानले काठमाडौंमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ।

उनले नेपालका सबै राजनीतिक दलहरूसँग आइतबार सामूहिक अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत रहेको छ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!