३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
×

नेपालगन्जमा निओलाइनर एयर बस संचालनमा

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १३, २०८०

नेपालगन्ज  बाँके   – काठमाडौं रूटमा अर्को नयाँ बस संचालनमा आएको छ । आजदेखि सञ्चालनमा ल्याइएको निओलाइनर एयर बसका टिमले आफ्नो पहिलो ट्रिपमा यात्रा गर्ने सम्पूर्ण यात्रुहरुलाई खादा ओढाई स्वागत गरी  गन्तव्यमा पठाएको छ ।

अनन्त सिद्धि बल्लव यातायात प्रा .लि.ले नेपालगन्जदेखि काठमाडौं र काठमाडौंदेखि नेपालगन्जसम्मका लागि तिनवटा बस संचालनमा ल्याएको हो ।  अनन्त सिद्धि बल्लव यातायात प्रालिका अध्यक्ष  योगेन्द्र सिंह ठकुरीका अनुसार बसमा सोफा लक्जरी थाइरेस्ट सेमी स्लिपर फोल्डिङ्ग सिट , एसी तथा हिटर , मोबाईल चार्जर होल्डर , सिसी टिभी , एलइडी टिभी र पानीको व्यवस्था सहितको सुविधा रहेको छ ।

पुराना तथा अन्य गाडीभन्दा फरक सिट भएको हुँदा जाडो र गर्मीमा यात्रुलाई कुनैपनि झन्झट नहुने र आरामले काठमाडौंसम्म यात्रा गर्न सकिने खालको बस संचालनमा आएको अध्यक्ष  योगेन्द्र सिंह  ठकुरीको भनाई छ । बसमा ३७ सिट रहेको र सिटभन्दा बढी यात्रु नराख्ने ठकुरीले प्रतिबध्दता समेत जनाएका छन् ।

बसमा दुईवटा चालकको व्यवस्था गरिएको प्रालिका उपाध्यक्ष बिनोद थापाले जानकारी गराएका छन् । भने यात्रा गर्दा कुनै पनि समस्या पर्दा सिधै आफ्नो नम्बर 9858081587 मा सम्पर्क गर्न पनि थापाले बताएका छन् ।

यस बसबाट यात्रा गर्न आफ्नै टिकट काउन्टर नेपालगन्ज बसपार्क , कोहलपुर बसपार्क , काठमाडौ बसपार्क लगाएतका स्थानबाट टिकट काट्न   बैंक को एप वा इसेवा एपद्वारा अनलाइन माध्यमबाट समेत सिधै टिकट काट्न सकिने  छ भने बस छुट्ने समय नेपालगन्ज तथा काठमाडौंबाट साँझ ५:३० बजे रहेको छ ।

टिकटको लागि अन्य सम्पर्क नम्बरहरुमा 9860296273 , 9866170475 , 9848289276 , 9866233933 , 9858059358 र 9867449494 रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

error: Content is protected !!