०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

Logo
Abc Sanchar प्रकाशित बुधबार, फाल्गुण ०२, २०८०

(एबिसि संचार )

नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा बुधबार भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।

कुवेतले दिएको ५० रनको संशोधित लक्ष्य नेपालले ६ ओभर ५ बलमा २ विकेट गुमाउँदै पूरा गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७३ रन बनाएको थियो ।वर्षाका कारण खेल प्रभावित भएपछि नेपाललाई १२ ओभरमा ५० रनको संशोधित लक्ष्य दिइएको हो । नेपालका लागि सिता राना मगरले १७ रन बनाइन् भने कविता कुँवर एक रनमा रनआउट भए । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे ।

कुवेतका लागि प्रियादा मुरलीले सर्वाधिक २९ रनको योगदान गरे । शान्थि बालासुब्रमनियन र खादिजा खलिले समान १३÷१३ रन जोडे । तीन खेलाडी शून्यमा आउट हुँदा अरूले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा सिता राना मगरले ह्याट्रिक विकेट दिए । रुबिना क्षेत्री र कविता कुँवरले २÷२ विकेट लिए ।

नेपालले अब फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । बुधबारै भएको क्वाटरफाइनलमा मलेसियाले जापानलाई १६ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो। विश्वका अरबौँ मानिसहरू प्रत्येक चार वर्षमा आयोजना हुने फुटबल विश्वकपको प्रतीक्षामा बस्ने गर्छन्। सन् २०२६ को विश्वकप नजिकिँदै जाँदा नेपालमा पनि फुटबलप्रेमीहरूको उत्साह बढ्दै गएको छ। विभिन्न स्थानमा विश्वकप हेर्नका लागि ठूला पर्दा, विशेष कार्यक्रम र प्रचारप्रसारका तयारी भइरहेका छन्। तर एउटा गम्भीर प्रश्न भने अझै पनि अनुत्तरित छ—हामी […]

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!