२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

नेपाल चार विकेटले पराजित

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

(एबिसि संचार )                                                          एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एसिया कपमा पनि छनोट भएको छ । यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै एसिया कपमा स्थान पक्का गरिसकेको छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आएका दुई टोली सहभागी हुनेछन् ।मलेसियाको जीतमा एल्सा हन्टरले ५३ बलमा ६९ रनको शानदार पाली खेलिन् । उनलाई महिरा इस्माइलले १६ तथा मास एलिसाले १३ रन बनाउँदै साथ दिए । नेपालका लागि कविता जोशी र सीता रानामगरले २–२ विकेट लिए भने कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् ।  त्यस्तै ओपनर कविता कुँवरले ३१ बलमा २३ रन बनाइन् । उनले पनि दुई चौका नै प्रहार गरिन् । रुबिना क्षेत्रीले १८ बलमा २० रन बनाइन् । उनले यस क्रममा दुई चौका प्रहार गरेकी थिइन् । खेलको अन्त्यतिर डली भट्टले विस्फोटक पाली खेलिन् । उनले रनआउट हुन अघि १४ बलमा २५ रन बनाइन् । उनले दुई छक्का र एक चौका हिर्काइन् । मलेसियाका लागि माहिरा इजाती इस्माइलले २ विकेट लिइन् भने विनिफ्रेड दुराइसिंगमले १ विकेट लिइन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

error: Content is protected !!