०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

दुर्घटनामा परेर एक जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित बिहिबार, बैशाख १३, २०८१

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो । उनको नाम पहिचान भएपनि ठेगाना पहिचान भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका उनको थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वीरगन्जबाट सुख्खा बन्दगाहतबाट आइरहेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आइरहेको सो मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]