१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा नवजात शिशु सहित दुई जना को मृत्यु

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

  1. महेन्द्र सिंह
    बाँके मंसिर २२ बाँकेमा एम्बुलेन्स र ट्रक ठोक्किदा १४ दिने शिशुसहित दुई जनाको मृत्यु भएको छ ।
    जिल्ला ट्राफिक बाँकेका अनुसार नेपालगञ्जबाट दाङ जाँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक शनिबार पुर्व पश्चिम राजमार्गको जिरो प्वाईन्ट नजिक ठोक्किदा नाबालकसहित दुई जनाको मृत्यु भएको हो ।
    मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्काका १४ दिनका छोरा र एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी गाउँपालिका– १ निबासी चित्रबहादुर सुनार रहेका छन् ।
    दुर्घटनामा परेर मृतक शिशुका वुवा तिलकराम र आमा मालति खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहले बताए । दुवै जनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । दुर्घटना हुँदा अन्य तीन जना गम्भीर घाईते भएको बाँके प्रहरीले जानकारी दिएको छ । तिलकराम उपचार पश्चात डिस्चार्ज भइसकेका छन् भने गम्भिर घाइते भएकी मालतीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । तीन दिन अघि बच्चाको उपचार गर्न गएको खड्का परिवार शनिबार एम्बुलेन्समा दाङ फर्किदै गर्दा दुर्घटनामा परेको हो । एम्बुलेन्स छत्रेश्वरी गाउँपालिकाको रहेको बाँके प्रहरी प्रबक्ता डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!