१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

अपराध नियन्त्रणमा समुदायको सहयोग र सहकार्य जरुरी छ बर्दिया प्रहरी प्रमुख: बास्तोला

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

महेन्द्र सिंह (क्राईमबिट)
बर्दिया मङ्सिर २२ बर्दियाका प्रहरी प्रमुख राजेश नाथ वस्तोलाले लैङ्गिक हिंसा, मानव बेचबिखन, लागू औषधको सेवन तथा ओसापसार नियन्त्रणका लागि समुदायको सहयोग र सहकार्य जरुरी रहेको बताएका छन।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा १० नम्बर वडा कार्यालय गुलरियाले सुइया हाट बजार काला बन्जारमा आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने दिने अभियान कार्यकमलाई मंसिर २२ गते सम्बोधन गर्दै प्रहरी उपरीक्षक बास्तोलाले सीमित साधन स्रोत तथा जनशक्तिका बीच बर्दिया प्रहरीले शान्ति सुरक्षा, विकास र मानव अधिकारको लागि काम दिनरात काम गरिरहेको बताए ।
शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोग रोक्नतर्फ प्रहरी सचेत रहेको प्रष्ट्याए। प्रहरी उपरीक्षक बास्तोलाले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताउदै सीमावर्ती अपराध, लागुऔषध, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग जस्ता गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय रहेको धारणा राखे । समुदायप्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भएको लैङ्गिक हिंसा विरुद्धको सचेतना अभियान कार्यकम उनले राज्यको अग्रपङ्क्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण प्रमुख जिम्मेवारी भएको पनि बताए।
१० नम्बर वार्ड अध्यक्ष विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यकममा बर्दियाका प्रजिअ प्रेम लाल लामिछाने, गुलरिया नगर उप प्रमुख सुशीला गिरी, कांग्रेस नेतृ मालती सोडारी, प्रहरी सहायक निरीक्षक सरस्वती पौडेल लगायतले अा आफ्नो धारणा राख्दै लैङ्गिक हिंसा नियन्त्रण मा समुदाय, प्रहरी,प्रशासन,राजनैतिक दल, समाजसेवी सबै लाग्नु पर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!