२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

सडकको सुरक्षा यात्रुको जीउधनको सुरक्षको लागि अहोरात्र खट्न प्रहरीलाई निर्दैशन डिआइजी :शाह

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

महेन्द्र सिंह दाङ मङ्सिर २६                                    जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको नव निर्मीत भवन उद्घाटन गर्दै पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेश बिक्रम शाहले सडकको सुरक्षा यात्रुको जीउधनको सुरक्षको लागि अहोरात्र खट्न प्रहरीलाई निर्देशन दिदै सडक संग जोडिएको ट्राफिक प्रहरीका लागि अत्याधुनिक सुबिधासम्पन्न भवनले प्रहरीको मनोबल रक्षमतामा बृद्धिहुने विश्वास व्यक्तगर्नुभयो ।
कानुनको सवालमा कुनै पनि भेदभाव नगरी सडकको सुरक्षा तथा यात्रुको जीउधनको सुरक्षको लागि अहोरात्र खट्न निर्दैशन दिंदै ५ नम्बर प्रहरी प्रमुख डिआइजी शाहले ट्राफिक प्रहरीलाई जनताको समेत साथको अवस्यक रहेको स्पस्ट पार्नुभयो ।
जिल्लामा रहेको यातायात व्यवसायीहरु, मुख्य सरोकारवाला निकायहरु तथा मातहतका कार्यालयका प्रतिनिधहरुको उपस्थितीमा गरीएको नव निर्मीत भवन उद्घाटन समाहरोहमा दाङका जिल्ला प्रखुख गोबिन्द रिजालले सडक संग जोडिएका स्थानीय सरकार, यातायात क्षेत्र, यात्रु पक्ष सबैले सडकको सुरक्षामा ध्यान दिनुपर्नै भन्दै सडक सुरक्षामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्नै कुरामा जोड दिनुभयो ।
सडक सुरक्षा, यातायात क्षेत्र संगको समन्वय तथा सुरक्षित आाबगमनका लागि राज्यको निती तथा नियम एवं कानुन अनुसार आफुहरुले ट्राफिक प्रहरीलाई हर प्रकारको सहयोग गर्नै भन्दै यातायात व्यवसायी महांघका सल्लाहकार सुरेश हमालले पछिल्लो समयमा ट्राफिक व्यवस्थापन चुस्त तथा शान्ति सुरक्षामा सुधार आएको दावी गर्नुभयो ।
यस्तै नागरीक समाज दाङका संयोजक चन्द्र राज पन्तले घोराही प्रवेशको नाकाको रुपमा रहेको ट्राफिक चोकमा अत्याधुनिक सुबिधासम्पन्न ट्राफिक प्रहरीको भवन बन्नु सुदद् रहेको भन्दै जिल्लामा प्रहरीको क्षमता अभिबृद्धिले जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन स्थापना हुने विश्वास व्यक्तगर्नुभयो ।
नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत मुल्य अभिबृद्धि कर (मूअक) सहित १ कारोड ५६ लाख ८३ हजार ९ सय ६६ रुपैयाँमा भवन निर्माण गरीएको प्राबिधिक प्रतिबेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक सुमन दाहालले जानकारी दिनुभयो ।
नव निर्मीत दुईतल्ले पक्कि भवनमा ड्युटि अफिसर कक्ष, कस्टडि कक्ष, जवान व्यारेक, कार्यालय प्रमुख निबास रहेको प्रतिबेदनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!