०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

सडकको सुरक्षा यात्रुको जीउधनको सुरक्षको लागि अहोरात्र खट्न प्रहरीलाई निर्दैशन डिआइजी :शाह

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

महेन्द्र सिंह दाङ मङ्सिर २६                                    जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको नव निर्मीत भवन उद्घाटन गर्दै पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेश बिक्रम शाहले सडकको सुरक्षा यात्रुको जीउधनको सुरक्षको लागि अहोरात्र खट्न प्रहरीलाई निर्देशन दिदै सडक संग जोडिएको ट्राफिक प्रहरीका लागि अत्याधुनिक सुबिधासम्पन्न भवनले प्रहरीको मनोबल रक्षमतामा बृद्धिहुने विश्वास व्यक्तगर्नुभयो ।
कानुनको सवालमा कुनै पनि भेदभाव नगरी सडकको सुरक्षा तथा यात्रुको जीउधनको सुरक्षको लागि अहोरात्र खट्न निर्दैशन दिंदै ५ नम्बर प्रहरी प्रमुख डिआइजी शाहले ट्राफिक प्रहरीलाई जनताको समेत साथको अवस्यक रहेको स्पस्ट पार्नुभयो ।
जिल्लामा रहेको यातायात व्यवसायीहरु, मुख्य सरोकारवाला निकायहरु तथा मातहतका कार्यालयका प्रतिनिधहरुको उपस्थितीमा गरीएको नव निर्मीत भवन उद्घाटन समाहरोहमा दाङका जिल्ला प्रखुख गोबिन्द रिजालले सडक संग जोडिएका स्थानीय सरकार, यातायात क्षेत्र, यात्रु पक्ष सबैले सडकको सुरक्षामा ध्यान दिनुपर्नै भन्दै सडक सुरक्षामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्नै कुरामा जोड दिनुभयो ।
सडक सुरक्षा, यातायात क्षेत्र संगको समन्वय तथा सुरक्षित आाबगमनका लागि राज्यको निती तथा नियम एवं कानुन अनुसार आफुहरुले ट्राफिक प्रहरीलाई हर प्रकारको सहयोग गर्नै भन्दै यातायात व्यवसायी महांघका सल्लाहकार सुरेश हमालले पछिल्लो समयमा ट्राफिक व्यवस्थापन चुस्त तथा शान्ति सुरक्षामा सुधार आएको दावी गर्नुभयो ।
यस्तै नागरीक समाज दाङका संयोजक चन्द्र राज पन्तले घोराही प्रवेशको नाकाको रुपमा रहेको ट्राफिक चोकमा अत्याधुनिक सुबिधासम्पन्न ट्राफिक प्रहरीको भवन बन्नु सुदद् रहेको भन्दै जिल्लामा प्रहरीको क्षमता अभिबृद्धिले जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन स्थापना हुने विश्वास व्यक्तगर्नुभयो ।
नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत मुल्य अभिबृद्धि कर (मूअक) सहित १ कारोड ५६ लाख ८३ हजार ९ सय ६६ रुपैयाँमा भवन निर्माण गरीएको प्राबिधिक प्रतिबेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक सुमन दाहालले जानकारी दिनुभयो ।
नव निर्मीत दुईतल्ले पक्कि भवनमा ड्युटि अफिसर कक्ष, कस्टडि कक्ष, जवान व्यारेक, कार्यालय प्रमुख निबास रहेको प्रतिबेदनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।