२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बाँकेका एसपी तुलबहादुर कार्की आफैं चेकिङ गर्दै नियमविपरीत दर्जनबढी सवारीसाधनहरु कारबाही

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २१, २०८१

 

बाँके । नेपालगन्ज जानकी गाउँपालिका–३ चप्पल कारखाना अगाडिको नेपालगञ्ज–खजुरा सडकखण्डमा आज जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्की सडकमै आफैं  खटिएर सवारीसाधनलाई जाँच गरेको बाँके प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीको नेतृत्व गर्दै एसपी कार्कीले सवारी साधनको जाँच, अनुगमन तथा सवारी चालक अनुमतिपत्र समेत जाँच गरेका थिए ।

सोही क्रममा एसपी कार्कीले सयौं सवारीसाधनका चालकहरुलाई सम्झाइबुझाई समेत गर्दै उनिहरुसँग प्रतिक्रिया लिएका थिए । प्रतिक्रियामा चालकहरुले जिल्ला प्रमुख आफै आएर चेकिङ गर्दा चालकहरुले प्रशंसा गरेका थिए ।

तर बेलाबेलामा ट्राफिक प्रहरीले कागजपत्र नेहेरेरै जरिवानाको चिट काट्ने गरेको गुनासो चालकहरुले गरेका थिए । उनीहरु भन्छन् –“सबै ठिक हुँदा पनि कुनै न कुनै बहाना बनाएर ट्राफिक प्रहरीले चिट काटिदिने गर्छन्, यो त सरासर गलत हो ।“

नेपालगञ्ज  र आसपासका स्थानीयहरुले प्रहरी प्रमुख कार्कीलाई एकपटक भएपनि टिपरहरुका कागजपत्र समेत जाँच गर्न सुझाब दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!