२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

भारतबाट चाँदी तस्करी गर्दै काठमाडौं ल्याउने गिरोहहरु काठमाडौंबाट पक्राउ अवैध धन्दाको पर्दाफास,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २१, २०८१

काठमाडौं । अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेपछि तस्करीको शैली, संलग्न व्यक्तिहरू र कारोबारको तरिका बाहिर आएको हो। अनुसन्धानका क्रममा तस्करहरूले मोटरसाइकलको ट्यांकीमा फल्स बटम बनाएर चाँदी लुकाउने गरेको खुलेको छ। तस्करहरू पहिले भारतबाट चाँदी लुकाएर वीरगञ्ज ल्याउँथे। त्यहाँबाट मोटरसाइकलमा काठमाडौंको नरेफाँट पुर्‍याइन्थ्यो। चाँदीलाई धुलो जस्तो मसिनो बनाएर ल्याइन्थ्यो ताकि सजिलै लुकाउन सकियोस्। यसरी काठमाडौं आइपुगेको चाँदी नरेफाँटमा भण्डारण गरिन्थ्यो। त्यसपछि विभिन्न सुनचाँदी पसलहरूमा बिक्री गरिन्थ्यो। यस गिरोहका मुख्य नाइके बाराका सन्तोषकुमार साह रहेको खुलेको छ। पहिले कलैयामा सुनचाँदीको पसल चलाएका सन्तोषले ऋण तिर्न नसकेपछि पसल बेचेर दुबई गएका थिए। ११ महिना दुबई बसेर फर्केपछि उनले चितवनमा होटल सञ्चालन गरे। होटल पनि बिक्री गरेपछि उनी चाँदी तस्करीमा लागेको अनुसन्धानबाट खुलेको छ ।

तस्करीका लागि उनले प्रेमकुमार कुशवाह र गणेश साहलाई भरिया बनाएर प्रयोग गर्थे। वीरगञ्जबाट चाँदी लिएर काठमाडौं ल्याए बापत यी भरियाहरूले ८ देखि १० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गर्थे। तस्करीको प्रक्रिया निकै योजनाबद्ध थियो। भारतबाट चाँदी नेपाल भित्र्याउने काम भारतीय नागरिकहरूकै सहयोगमा हुने गर्थ्यो। भारतीयहरूले चाँदीलाई सीमा पार गराइ वीरगञ्ज ल्याइदिन्थे। त्यसपछि सन्तोषका भरियाहरूले मोटरसाइकलमा लुकाएर काठमाडौं पुर्याउँथे। मोटरसाइकलको इन्धन ट्यांकीमा फल्स बटम बनाएर चाँदी लुकाउने, धुलोजस्तो मसिनो दानामा परिणत गरी सजिलै ओसारपसार गर्ने र काठमाडौं ल्याएपछि नरेफाँटमा भण्डारण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। सन्तोषको यो धन्दामा उनकी प्रेमिका विपना सार्की पनि संलग्न थिइन्। ब्युटिपार्लर सिक्दै गरेकी विपनाले प्रेमी सन्तोषलाई चाँदी बेच्न सहयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ। पक्राउ परेका अन्य व्यक्ति दिनानाथ साह सुनार भने चाँदीको सप्लाइमा संलग्न रहेको खुलेको छ। उनी काठमाडौं ल्याइपुर्‍याइएको चाँदी सन्तोषले भनेका स्थानमा पठाउने काम गर्थे। यो गिरोह महिनामा कम्तीमा तीन पटक चाँदी तस्करी गर्ने गर्थ्यो। एक पटकमा १५ देखि २० किलो चाँदी ल्याइन्थ्यो। प्रहरीले यो गिरोहलाई पक्राउ गरेपछि उनीहरूबाट चाँदी तौलने तराजु, पैसा गन्ने मेसिन र तस्करीमा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ। अब उनीहरूलाई राजस्व अनुसन्धान विभाग,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!