२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

भारतबाट नेपालतर्फ ल्याइँदै गरेको २५ लाख रुपैयाँसहित एक जना हुण्डी कारोबारी भारतमा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २१, २०८१

रौतहट । हुण्डीमार्फत् कारोबारीले कलैयातर्फ ल्याउँदै गरेको २५ लाख नेपाली रुपैयाँ रौतहट बारासँग जोडिएको झरौखर नाकामा सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको हो।भारतबाट हुण्डीमार्फत् ठूलो परिमाणमा नेपाली रुपैयाँ लगिएको विशेष सूचनाको आधारमा एसएसबी ७१ औं बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मंगलबार साँझ चेकजाँचको क्रममा हुण्डी कारोबारीसहित उक्त रुपैयाँ बरामद गरेको हो।पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन माइस्थान चौकका २५ वर्षीय अविनास कुमार रहेको एसएसबीले जनाएको छ।अविनासले चलाएर जाँदै गरेको मोटरसाइकलको ह्याण्डिलमा झुन्ड्याएको झोलाभित्र नेपाली २४ लाख ७१ हजार र भारु ३८ हजार बरामद भएको एसएसबी क्याम्प जमुनियाका प्रमुख भाग सिंहले बताए।सोधपुछको क्रममा भारतीय नागरिक अभिनास कुमार हुण्डी कारोबारी रहेको र बरामद रुपैयाँ बाराको सदरमुकाम कलैया लैजाने तयारी रहेको बताएका थिए।उनले लामो समयदेखि भारतबाट हुण्डी कारोबार गर्दै आएको स्वीकार गरेको एसएसबीले जनाएको छ।नेपाली र भारतीय रुपैयाँ मोटरसाइकलसहित अविनास कुमार लाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मंगलबार साँझ नै भारतीय झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।पछिल्लो समय रौतहट र बाराको विभिन्न स्थानमा नेपाली र भारतीय रुपैयाँको हुण्डी कारोबारी सक्रिय भएको देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!