२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अमेरिका पुग्दा स्वर्ग नै पुगेसरी बधाई दिनेहरू हटकडी र नेलसहित नेपाल फर्केकाहरूलाई अपराधि सरह व्यवहार किन?

Logo
पाण्डब शर्मा प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

 

दाङ । अवैध बाटो हुँदै अमेरिका पुग्नु नेपालीहरूको रहर होइन बाध्यता हो । परिवार र देश छाडेर पैसाका लागि पराई भूमी बस्ने रहर कसलाई पो हुन्छ र ? यो त हाम्रो गरिबी र बेरोजगारीले उत्पन्न गरेको विकराल समस्या हो ।

नेपाल फर्केकाहरूलाई हेयको भावले होइन सम्मानका साथ व्यवहार गरौं । उनीहरूलाई अहिले भावनात्मक साथ चाहिएको छ । आफन्त र समाजले साथ दिने भनेको अफ्ठेरोको बेला हो ।

सफलता र प्रगति गर्दा साथ दिने तर, अफ्ठेरो पर्दा उल्टै खिसिट्यु गर्ने समाजको चरित्र बनेको छ । अफ्ठेरोका बेला साथ दिनेहरू नै असल आफन्त हुन् ।

सरल जीवनशैली अपनाउने हो भने थोरै कमाईले पनि जीवन चलाउन सकिन्छ । रातारात धनी बन्ने महत्वाकांक्षाले हाम्रो जीवन नै बरबाद पार्छ । हामी युवाहरू पनि थोरै कमाइ र चोखो कमाइमा खुसी हुन सिकौ । अवैध ढंगले आर्जन गरिएको सम्पत्तिले कोही खुसी हुन सक्दैन । यो त बुढेशकालको पश्चातापको कारण मात्र बन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!