२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बर्दियामा ५१ वर्षीया महिलाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

 

बर्दिया । ठाकुरबाबा नगरपालिका १ कि ५१ वर्षीया महिलाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत फागुन ४ गते ५१ वर्षीया राधा बोहोराको हत्या भएको थियो ।

बोहोराका हत्या गरेको आरोपमा सोही ठाउँका भिनाजु नाता पर्ने ६९ वर्षीय शान्तबहादुर खत्री र निजकी बुहारी २४ वर्षीय उमा कुमारी खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी ऋषीराम घर्तीमगरले बताए । पक्राउ गरेका दुबै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए ।

घरभित्र सल जस्तो कपडाले घाँटीमा बाँधेर हत्या गरी घरको खाँबोमा बाँधेको अवस्थामा शव फेला परेको थियो । तर घर बाहिर ढोकामा भने ताला लगाइएको थियो ।

डीएसपी घर्तीमगरका अनुसार सामान्य व्यवसाय गर्दै आएकी बोहोरा घरमा एक्लै बस्दै आएकी थिइन् । उनी फागुन २ गतेदेखि नदेखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी र स्थानीयले खोजतलाश गरेपछि दिउँसो घरको ताला फोडेर भित्र प्रवेश गर्दा उनको शव फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!