२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बाराको विभिन्न स्थानमा सञ्चालित अवैध घरेलु मदिरा भट्टीहरूमाथि प्रहरीले कडा कारबाही,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

बारा । जिल्ला प्रहरी कार्यालय बाराको निर्देशनमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले माघ २० र २१ गते १० वटा अवैध मदिरा भट्टी नष्ट गरेको हो ।

कारबाहीमा करिब तिन लाख रुपैयाँ बराबरको कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरिएको बारा प्रहरीले दाबी गरेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले सिम्रौनगढ नगरपालिका ५ सानो इटवालमा सञ्चालित तिन वटा अवैध भट्टीमा छापा हानी नष्ट गरेको हो ।

सो क्रममा एक हजार तिन सय ५० लिटर कच्चा पदार्थ (अनुमानित मूल्य एक लाख ५० हजार रुपैयाँ), १० लिटर तयारी मदिरा र रक्सी बनाउन प्रयोग हुने ६ वटा ड्रम नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय बारा गढीबाट खटिएको टोलीले बारागढी गाउँपालिकाको विभिन्न वडामा कारबाही गरेको छ । वडा नम्बर २ मा तिन वटा, वडा नम्बर ३ मा एउटा र वडा नम्बर ६ मा तिन वटा गरी जम्मा सात वटा भट्टी नष्ट गरिएको छ ।

सो क्रममा दुई हजार पाँच सय लिटर कच्चा पदार्थ (अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ), एक हजार पाँच सय लिटर तयारी मदिरा (अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ) र रक्सी बनाउन प्रयोग हुने ७ वटा ड्रम नष्ट गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले अवैध मदिरा उत्पादन र बिक्रीविरुद्ध कडा नीति अपनाएको बताएको छ । कारबाहीले स्थानीय स्तरमा अवैध मदिराको उत्पादन र वितरणमा कमी आउने अपेक्षा गरिएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउने र थप कारबाही गर्ने चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]