२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

राप्रपाले पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि पूर्वनिर्धारित आमसभाको स्थगित किन?

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि पूर्वनिर्धारित आमसभाको कार्यक्रम स्थगित गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकले २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको विभिन्न कार्यक्रममा सहभागी भइरहेका पूर्व राजा शाह सोही दिन काठमाडौँ फर्किने कार्यतालिका तय भएकोले सो दिनको आमसभा स्थगित गरिएको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

‘पूर्व राजाको काठमाडौँ फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै यही फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ’, पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्वराजा शाह अहिले गण्डकी प्रदेशमा छन् र हिजोमात्रै बागलुङ कालिकाको दर्शनमा पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।