२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

काठमाडौंको साँखु आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा ३ जनाको घटना स्थलमा मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण २३, २०८१

काठमाडौं । शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु भएको छ।

द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा शुक्रबार बिहान ३:४० बजे  बा २ क ६५८०  टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

आश्रयस्थलका १० जना सुतिरहेको टहरामा अनियन्त्रित भएको टिपर छिरेको थियो।

टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ को हरिजन गम्भीर घाइते भएका थिए।

उनीहरूलाई प्रहरीले उद्धार गरी नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा निज तीनै  जनालाई ४:३३ बजे अस्पतालले मृत घोषणा गरेको एसपी बोहराले जानकारी दिए।

टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. १२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सलम्बुटारमा ०६२ सालदेखि उक्त आश्रयस्थल सञ्चालित छ भने त्यहाँ ६१ जना बस्दै आएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

error: Content is protected !!