२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बाँकेमा ट्राफिक सचेतना नागरिकलाई सुरक्षित सहज र मर्यादित यात्रा सडक दुर्घटना अभ्यास,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण २३, २०८१

बाँके । नेपालगन्ज जिल्ला प्रहरी बाँके जिल्ला ट्राफिक बाँके विद्यार्थी र सरोकारवालासहित निकालिएको र्‍याली बिपी चोकबाट सुरु भई धम्बोझी चोकमा पुगेर समापन भएको थियो । सुरक्षित यात्रा नेपाल बुटवलको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा विभिन्न सचेतनामूलक प्ले(कार्डसहित बृहत् र्‍याली निकालिएको थियो । त्यसक्रममा जेब्रा क्रसिंग कसरी गर्ने, जेब्रा क्रसिंगमा हुने लापरबाहीले निम्त्याउने दुर्घटनाका विषयमा कृत्रिम घटना अभ्यास समेत गराएर प्रदर्शन गरिएको थियो ।

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेलबासेको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले सडक दुर्घटनाको अवस्था भयावह बन्दै गइरहेकोले नागरिक स्वयम् सचेत र सजग बन्नुपर्नेमा जोड दिएका छन् ।

नगर प्रमुख विष्टले प्रत्येक नागरिकले इमानदारीपूर्वक सडक अनुशासन पालना गर्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक नियम पालना गरी सुरक्षित, सहज र मर्यादित यात्रा गर्न सबैलाई आह्वान गर्नुभयो । सघन सहरी क्षेत्रमा ट्राफिक चाप धेरै हुने भएकाले दुर्घटनाको जोखिम बढी हुने विष्टको भनाई छ । नेपालगन्जमा ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गइरहेको बताउनुभयो ।

कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले ट्राफिक नियमको पालना र सडक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।