२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

महानगरले राप्रपालाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्‍दै १ लाख जरिवाना

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

काठमाडौं । महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्‍दै एक लाख रुपैयाँ जरिवाना गरेको छ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो।

महानगरले आइतबार काटेको पत्रमा भनिएको छ, ‘ प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’
पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  घोराही उपमहानगरपालिकालाई समृद्ध, व्यवस्थित, सुशासित र आर्थिक रूपमा आत्मनिर्भर बनाउने सपना हामी सबै घोराहीवासीको साझा सपना हो। यो सपना पूरा गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण, काम गर्ने इच्छाशक्ति, जनतासँगको निकट सम्बन्ध र समस्यालाई बुझेर समाधान खोज्न सक्ने क्षमता भएको व्यक्ति आवश्यक हुन्छ। नेतृत्व भनेको केवल पदमा पुग्नु मात्र होइन, जनताको भावना बुझ्नु, उनीहरूको दुःखसुखमा साथ […]

  दाङ । तिहार नजिकिएसँगै दाङको गढवा गाउँपालिकामा सयपत्री फूलले बारी ढकमक्क फुलेको छ। पहेँलो र सुन्तला रङका फूलले बारी नै रङ्गीचङ्गी देखिएपछि यहाँका किसान उत्साहित भएका छन्। केही वर्षअघिसम्म तिहारमा फूलका लागि भारत र छिमेकी जिल्लाको भर पर्नुपर्ने गढवाका किसान अहिले आफैं पुष्प खेतीमा आत्मनिर्भर बन्दै गएका छन्। गढवा- १, २, ४ र ५ […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा आज युवाहरुसँग भएको छलफलमा युवाहरूको एउटै आवाज आयो । “यसपटक युवाहरूले बुलडोजर बाबालाई सघाउने !”* भ्रष्टाचारको अन्त्य, विकास र सुशासनका लागि युवाहरू अब बुलडोजरसँगै उभिएका छन्। > *नेपालगन्जमा युवाहरुको स्पष्ट सन्देश !* > आज राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका कमिटीले युवाहरुसँग छलफल गर्यो। > छलफलमा सहभागी युवाहरूले भ्रष्टाचार विरुद्धको अभियानमा […]