२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

धनगढी पुगेर एआईजी कुबेर कडायतले प्रहरीलाई पहिलो न्यायाधीश भने पछी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण २६, २०८१

कैलाली । धनगढीमा सुरु भएको प्रदेशस्तरीय समीक्षा गोष्ठीमा बोल्दै उनले प्रहरीलाई प्रविधिमैत्री र दक्ष बनाउनैपर्ने आवश्यकता रहेको औंल्याए।

प्रहरी पहिलो न्यायाधीश

एआईजी कडायतले “प्रहरी पहिलो न्यायाधीश हो” भन्दै अपराध अनुसन्धान राम्रो नभए शान्ति-सुरक्षा खतरामा पर्ने र त्यसको प्रभाव राज्यका अन्य निकायमा पनि पर्ने बताए।

“अहिले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को युग आइसकेको छ। प्रविधिको विकासले अपराध अनुसन्धानमा चुनौती थपिएको छ। प्रहरीलाई प्रविधिमैत्री र दक्ष बनाउनु अहिलेको आवश्यकता हो,” उनले भने

अनुसन्धानमा ढिलाइको समस्या

उनका अनुसार कतिपय मुद्दामा प्रहरीलाई अनुसन्धान गर्न २५ दिनको समय दिइएको भए पनि वैज्ञानिक परीक्षण र प्रमाण संकलनमा ढिलाइ हुने गरेको छ।

“डीएनए परीक्षण, लागुऔषध परीक्षण जस्ता फरेंसिक रिपोर्ट आउन ३ महिनादेखि २६ महिनासम्म लाग्ने समस्या छ। हाल देशभर एउटा मात्रै विधि विज्ञान प्रयोगशाला भएकाले सबै प्रदेशमा ल्याब स्थापना गर्न आवश्यक छ,” कडायतले बताए।

न्याय प्रणाली सुधार गर्न प्रहरीको भूमिका महत्वपूर्ण

कार्यक्रममा उच्च अदालत महेन्द्रनगरका न्यायाधीश दिनेश प्रसाद यादवले प्रहरीलाई दक्ष र प्रविधिमैत्री बनाउनु पर्ने आवश्यकता औंल्याए।

उनले “प्रहरीमार्फत नै मुद्दा सरकारी वकिल हुँदै अदालतसम्म पुग्ने भएकाले प्रमाण संकलनमा प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ” भन्दै निष्पक्ष अनुसन्धानको महत्व बताए।

“कारागार अनुगमनका क्रममा पहुँचवालालाई प्रमाण भए पनि मुद्दा नलाग्ने तर पहुँच नभएकालाई प्रमाण

नभए पनि फसाइदिने गुनासो कैदीहरूले गरेका छन्। प्रहरी अनुसन्धान निष्पक्ष र प्रमाणमा आधारित हुनुपर्छ,” न्यायाधीश यादवले भने।

उनका अनुसार मुद्दामा एकरूपता कायम गर्न सके मात्र न्यायप्रति विश्वास बढ्नेछ।

समीक्षा गोष्ठीको उद्देश्य

एआईजी कडायतका अनुसार यो समीक्षा गोष्ठीको मुख्य उद्देश्य अपराध अनुसन्धानलाई प्रभावकारी, व्यवसायिक र प्रविधिमैत्री कसरी बनाउने भन्ने निष्कर्ष निकाल्नु हो।

यदि प्रहरी संगठनभित्र सही प्रविधिको प्रयोग, अनुसन्धान प्रक्रियामा सुधार र दक्ष जनशक्ति विकास गर्न सकियो भने मात्र अपराध अनुसन्धान प्रभावकारी बन्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!