बाँके । सुरक्षित यात्रा नेपालको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ कोहलपुर नगरपालिकाको सभाहलमा सुरक्षित सहज र मर्यादित यात्राका लागी अन्तरक्रिया तथा चालक सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की, जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रमुख प्र.उ. तुल बहादुर कार्की ,
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवल का.प्रमुख प्र.उ.श्याम बहादुर खत्री,इलाका प्रहरी
कार्यालय कोहलपुर बाँकेका धर्मराज भण्डारी,सुरक्षित यात्रा नेपालका प्रमुख,बिभिन्न बीमा कम्पनिका प्रमुख एवं पदाधिकारी, मिडियाकर्मी, जनप्रतिनिधी,बिभिन्न प्रा.लि.का प्रतिनिधी,चालक, बिभिन्न विद्यालयका शिक्षक एवं विद्यार्थीहरू लगायतको सहभागितामा उक्त कार्यक्रम समापन भएको ।