दाङ । पुर्वी रुकुम लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका कार्यालय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीद्वारा जिल्ला प्रहरी कार्यालय पुर्वी रुकुमको कार्यालय अन्तर्गत सम्पुर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गर्नुका साथै
प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने व्यबहार, प्रहरी प्रतिबद्धता, अन्तर प्रहरी इकाई प्रतियोगिता-२०८१ लगायतका बिषयमा यस कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको,लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।