२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अवकाश हुँदै एकैपटक ६ एआईजीको दरबन्दी रिक्त प्रहरी संगठनमा बढुवाको प्रतिस्पर्धा चर्कियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवरसँगै पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) अवकाश हुँदैछन्। एकैपटक ६ एआईजीको दरबन्दी रिक्त हुने भएकाले प्रहरी संगठनमा बढुवाको प्रतिस्पर्धा चर्किएको छ।

हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदीप गिरी, र काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ मात्रै सेवामा रहने छन्। यीमध्ये एक जनाले आईजीपीको नेतृत्व सम्हाल्नेछन्, जसले गर्दा ६ जना एआईजी बढुवाको ढोका खुल्नेछ।

अवकाश हुने एआईजीहरूमा प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत, र जनकराज भट्टराई छन्। डीआईजीहरूमा पनि सिनियर तीनजना—गणेश चन्द, भोलाबहादुर रावल, र ध्रुवबहादुर राउत अवकाश हुने भएका छन्।

रिक्त हुने एआईजी पदका लागि सबैभन्दा सिनियर चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, र कृष्णहरि शर्मा पोखरेल छन्। उनीहरू २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका थिए भने शर्मा २०८१ जेठमा डीआईजी बनेका थिए।

यदि संसद्मा पेस भइसकेको प्रहरी विधेयक आगामी भदौ १९ सम्म कार्यान्वयनमा आउँदैन भने उनीहरूमध्ये एक जनाले आईजीपी बन्ने अवसर पाउनेछन्। तर उमेर हदका कारण लालमणि आचार्य जेठमा र कृष्णहरि शर्मा भदौमा अवकाश हुनेछन्।

शर्मासँगै डीआईजीमा बढुवा भएका दानबहादुर कार्की, मनोज केसी, र राजन अधिकारी पनि एआईजी प्रतिस्पर्धामा छन्। यस्तै, २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका सिद्धिविक्रम शाहसहितको टोली पनि एआईजीका लागि बलियो दाबेदार मानिन्छ। शाहसहितको ब्याचका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, र डम्बरबहादुर विक पनि एआईजीको लबिइङमा सक्रिय छन्। आईजीपीको नेतृत्व परिवर्तनसँगै प्रहरी संगठनमा शक्ति सन्तुलन र रणनीतिक नियुक्ति निर्णायक बन्ने देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!