२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पाकिस्तानमा रेल अपहरण २१४ जना यात्रुहरु बन्धक

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २८, २०८१

काठमाडौं । बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार बलुचिस्तानको बोलान पासमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेल अपहरण गरेको छ ।

बीएलएले रेलको ट्र्याकमा विस्फोट गरी सुरुङमा रोकेर २१४ यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ ।

उनीहरूले ३० सैनिकको हत्या गरेको र आफ्ना लडाकुहरूको रिहाइका लागि सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको बताएका छन्। सैन्य कारबाही भए सबै बन्धक मार्ने धम्की पनि दिएका छन्।

पाकिस्तानी सुरक्षा बलले जारी भिडन्तमा १६ विद्रोही मारिएको जानकारी दिएका छन्। एआरवाई न्यूजका अनुसार सेनाले १०४ बन्धक (५८ पुरुष, ३१ महिला र १५ बालबालिका) लाई उद्धार गरेको छ ।

सुरक्षा स्रोतले आतंककारीहरूले महिला र बालबालिकालाई मानव ढाल बनाएकोले उद्धार जटिल भएको बताएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!