२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अवकास पाएका पूर्व एआईजी भारतबहादुर बोहरालाई सरकारी नियुक्ति,आयोग सदस्यमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २९, २०८१

काठमाडौं । अवकाश पाएको दुई महिनामै पूर्व एआईजी भरतबहादुर बोहरा सरकारबाट नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनलाई सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको सदस्य बनाएको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा बोहरा सहित बद्रीप्रसाद भट्टराई सदस्यको रूपमा नियुक्त भएका छन्।

बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ हुन्। कांग्रेस नेतृत्वसँग निकट भएकै कारण उनी अवकाश हुनुभन्दा १० दिनअघि एआईजीमा बढुवा भएका थिए भने अवकाश पाएको दुई महिनामै नयाँ नियुक्ति पाएका छन्।

तर, बोहरामाथि आफैंले मिटरब्याज व्यवसायबाट पैसा आर्जन गरेको आरोप पनि छ। उनका सहकर्मीहरूले उनले मिटरब्याजमा संलग्न भएको दाबी गरेका छन्। यसअघि पूर्व एआईजी पुष्कर कार्की र उत्तमराज सुवेदी पनि यस्तै आयोगमा संलग्न भइसकेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!