२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ०३, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ

चितवन । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव नीराजन बम पताँलालाई भरतपुर विमानस्थलबाट चितवन जिल्ला प्रहरी कार्यालयले आइतबार दिउँसो पक्राउ गरेको राप्रपा महामन्त्री शरदराज पाठकले जानकारी दिए ।

शनिबार हेटौँडामा आयोजित कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालको तस्बिरमा आगो लगाउँदै गणतन्त्रविरोधी नारा पनि लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। कार्यक्रममा सहभागीलाई पनि दाहालविरुद्ध नारा लगाउन उनले उक्साएको दाबी प्रहरीको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई दाहालले भाइमारा र मूर्ति चोर भन्दै आलोचना गरेपछि राप्रपा आक्रोशित देखिएको छ। पताँला पक्राउ परेको पुष्टि गर्दै राप्रपा महामन्त्री धवल शमशेर राणाले तत्काल रिहा गर्न माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]