२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

नेपाल प्रहरीको आईजीपी कुँवरसँगै ५ जना एआईजी र ३ डीआइजी एकैसाथ अनिवार्य अवकाश हुँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०४, २०८१

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन् ।

आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण चैत ५ देखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् ।

कुँवरसँगै अनिवार्य अवकाश पाउने एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन्। त्यसैगरी अवकाश पाउने डीआईजीहरुमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!