२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बहुला खोलामा निर्माणाधीन पुलको अनुगमन : पूर्वमन्त्री मास्केसहित स्थानीयको सहभागिता

Logo
रिता केसी प्रकाशित सोमबार, चैत्र ०४, २०८१

दाङ । शान्तिनगर गाउँपालिका वडा नं २ र ४ को सीमामा निर्माण भइरहेको बहुला खोलाको पुलको अवलोकन कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री माननीय धनबहादुर ‘राजेश’को नेतृत्वमा सम्पन्न कार्यक्रममा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, वडा नं २ का अध्यक्ष सुनिल वली, वडा नं १ र ४ का वडा अध्यक्षहरू, साथै स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अवलोकनका क्रममा पुल निर्माणको प्रगतिबारे जानकारी लिइँदै, निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक उपायहरूबारे छलफल गरिएको छ। स्थानीयहरूले पुल निर्माणपछि गाउँपालिकाको विभिन्न क्षेत्रहरू जोडिने र यातायातमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

पूर्व अर्थमन्त्री राजेशले पुल निर्माण कार्यलाई तीव्र गति दिन आवश्यक समन्वय र सहयोग गर्न प्रतिबद्धता जनाउँदै, स्थानीय तहदेखि प्रदेश सरकारसम्मको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

स्थानीय नेतृत्वले पनि पुल निर्माण पूरा भएपछि कृषि, व्यापार र दैनिक जीवनमा सकारात्मक परिवर्तन आउनेमा विश्वास व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!