२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा खुला सिमानाको कारण लागुऔषध सेवनकर्ता र कारोबारी धेरै एसपी नियन्त्रणमा सक्रिय बन्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०५, २०८१

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारकर्ता धमाधम पक्राउ गर्‍यो। महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ ।

३४ जना पुरुष र पाँचजना महिला थुनुवा राख्न सक्ने क्षमता भएको हिरासतमा लागु औषधसम्बन्धीका मात्रै ३४ जना छन्। अहिले हिरासतमा ७० जना पुरुष र दुईजना महिला गरी ७२ जना थुनुवा छन्।

लागुऔषध कारोबारी पक्राउ पर्न थालेपछि उनीहरूको व्यवस्थापनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले हाललाई हिरासतमा ठाउँ अभाव हुँदा इलाका प्रहरी कार्यालय धनौलीमा पठाउने गरिएको छ। ‘हामी मान्छे त पक्राउ गर्छाैं,’ उनले भने, ‘तर, विडम्बना हिरासतमा ठाउँ अभाव हुँदा कि त अस्पताल भर्ना गर्नु पर्ने कि भने परिवारको जिम्मा लगाइ घर पठाउनु पर्ने बाध्यता आएको छ।’

लागुऔषधको भयावह बन्दै गएको बाँकेमा यसको सुरक्षा चुनौती बढ्दो छ। एकातिर प्रहरीमा ठाउँ अभाव हुनु, अर्कोतिर नियन्त्रण गर्ने संयन्त्र प्रविधिमैत्री नहुनु र भारतसँग खुला सीमा हुँदा यसले जटिलता निम्त्याएको छ। लागुऔषध बढ्दो हुँदा त्यसले समाजमा नकारात्मक प्रभाव र अपराधजन्य क्रियाकलाप बढाउने गरेको एसपी कार्कीको भनाइ छ।

नेपाल–भारत सीमा क्षेत्र खुला हुँदा पनि बाँकेमा लागुऔषध धेरै कारोबार हुने गरेको छ। खुला सीमाका कारण जमुनाहबाट सहजै लागुऔषध भित्रिन्छ।

नेपाल प्रहरीका अनुसार नेपालमा लागूपदार्थ भित्रिने प्रमुख चारवटा नाकामध्ये नेपालगन्ज नाका पनि एक हो। जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको यस सम्बन्धी तथ्यांकले बाँकेमा लागुऔषधको अवस्था भयावह अवस्था देखाउँछ। माघमा मात्र प्रहरीले ५४ ग्राम तीन सय ३० मिलिग्राम ब्राउनसुगर, नाइट्राजेपाम एक सय ९० ट्याब्लेटसहित ३४ जना ओसारपसारकर्तालाई मुद्दा चलाएको छ।

भारतसँग सीमा जोडिएको बाँकेबाट पश्चिमका पहाडी जिल्लामा सहज पहुँच हुँदा पनि नेपालगन्ज, कोहलपुर लगायत क्षेत्र लागुऔषध कारोबारीको प्रमुख थलो बन्न थालेको छ।

सीमावर्ती क्षेत्र भारतको रूपैडिहाबाट लुकाइ छिपाई लागुऔषध भित्र्याउने र यहाँबाट राजमार्ग हुँदै लागुऔषध पहाडी जिल्लासम्म पुग्ने गरेको छ।

पक्राउ परेका अधिकांशको साथबाट फेनारगन, डाइजिल्याब, नोफिन, लुपिजेसिक, नाइट्राजेपाम, नाइट्रोसन, कोरेक्स, नाइट्राभेट, स्पास्मो पेरिमोन, डाइलेक्स डिसी र गाँजा बरामद भएको बताइएको छ।

भारतका सीमावर्ती बजारमा खुलमखुला रूपमा खरिदबिक्री हुने र खुला सीमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई कठिन भएको छ। सीमा क्षेत्रमा प्रहरीले शंका लागेका व्यक्तिलाई सोधपुछ गरेको आधारमा चेकजाँच गर्छ। भारतबाट नेपाल आउनेहरूलाई चेकजाँच गर्ने अन्य प्रविधि प्रहरीसँग छैन। जसकारण बाँकेमा लागुऔषध सेवनकर्ता र कारोबारी धेरै छन्।

यहाँ देखा परेका डरलाग्दा समस्यामध्ये मुख्य रूपमा लागूपदार्थको ओसारपसार र त्यसको दुर्व्यसन भएको नेपालगन्ज बासीहरु बताउँछन् ।

२०३३ सालभन्दा अगाडि नेपालमा गाँजाजन्य पदार्थ खुल्लमखुल्ला बिक्री वितरण हुँदै आएको थियो। जब लागुऔषध नियन्त्रण ऐन, २०३३ कार्यान्वयनमा आयो त्यसपछि लागु औषधलाई कानुनतः प्रतिबन्ध लगाइएको थियो।

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागुऔषध दुर्व्यसनका कारण साथीसँगको दबाब, मनोरञ्जनका लागि, उत्सुकता, खुसी हुन, मानसिक तनाव, पारिवारिक समस्या, डिप्रेसन र पढाइमा समस्या हुन्।

एकान्तमा बस्न रुचाउने, असामान्य व्यवहार देखाउने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराध कर्ममा लाग्ने, धन सम्पत्तिको बरबादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराध घट्दै जाने, सामाजिक मूल्यमान्यता भत्किँदै जाने लक्षण लागुऔषध प्रयोगकर्तामा देखिने गरेको प्रहरीको तथ्यांक छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]