२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

डडेल्धुरामा छोराहरु नभए पछी आमाको काज किरियामा छोरीहरू

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०५, २०८१

डडेल्धुरा । परशुराम नगरपालिका –६ कि राधादेवी खड्काको यही चैत १ गते मृत्यु भयो । अपाङ्गता भएका श्रीमान् ७९ वर्षीय खडक सिंहले किरिया गर्न सक्नु भएन । मृतक राधा देवीका छोराहरू छैनन्, कान्छी छोरी रोहिताले आमाले मृत्यु भन्दा अघि आफूहरूलाई किरिया बस्नु भन्नु भएकोले चार दिदी बहिनीमध्ये तीन जना किरियामा बसेको बताउनुभयो । आफूसँगै बाजे तर्फका एक जना दाइ पनि किरियामा बस्नु भएको रोहिताले बताउनुभयो ।
जेठी दिदी विर्मा महिनावारी भएका कारण किरियामा बस्नुभएको छैन भने बाँकी मानमती कार्की, रोहिता कठायत र दुरा थापा तीनै जना किरियामा बस्नुभएको छ । सबै विवाहिता हुन । आमा बिरामी भएपछि चारै दिदीबहिनी फागुनमै माइती घर तातापानी पुगेका थिए ।

त्यहाँ दश दान सकेर उनीहरू घरतर्फ लागेका थिए । घर पुगेको एक दिनमै आमाको मृत्युको खबर पाएपछि उनीहरू माइतीघर पुगेर किरियामा बसेका हुन् ।

खड्क सिंहका दाइको एक वर्षअघि मात्रै मृत्यु भएको थियो । उनको मृत्युको वर्ष दिन नपुगेकोले उनीतर्फका छोराले किरिया बस्न पाएनन् । ‘मृत्युपछि हामी आफै पनि किरियाका लागि तयार भइसकेका थियौँ,’ रोहिताले भन्नुभयो  ‘छोरीले किरिया बस्नुहुन्न भन्ने कुरा कतैबाट पनि आएन । ब्राह्मणले पनि छोरी पनि छोरा जत्तिकै हुन् किरिया बस्दा हुन्छ भन्नुभयो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]