१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

नेपालमा पहिलो दलित महिला बाँके जिल्ला न्यायाधीशमा

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी सम्बादाता बाँके पुस ५ नेपालगन्जमा दलित समुदायबाट नेपालमै पहिलो महिला जिल्ला न्यायाधीशको ओहोदामा पुग्न सफल मनकुमारी जीएम विकको भनाइ हो यो । सङ्घर्षका निकै खुड्किला पार गर्दै उनी यो स्थानसम्म आइपुगेकी हुन् । उनले प्रदेश ५ को बाँके जिल्ला अदालतमा न्यायाधीशको भूमिका पाएकी छन् ।
कञ्चनपुरको तत्कालीन कालिका गाउँपालिका–१ अंशुवर्मा टोलमा पिता बलबहादुर विक र माता गीतादेवी विकको कोखबाट २०३४ साल फागुन ६ गते जन्मिएकी मनकुमारी जीएम विक गत मङ्सिर १७ गते न्याय परिषद्बाट बाँकेको जिल्ला न्यायाधीशमा सिफारिस भई मङ्सिर २५ गते बुधबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य तथा अधिवक्ता मोहन शाह शंकर उनका पति हुन् । मोहत्तरी जिल्लाको गौशला नगरपालिका–१ रामनगरका विकसँग मागी विवाह गरेकी विकले प्रोफेसर डाक्टर युवराज सङ्ग्रौलालाई कर्म दिने पिता मान्छिन् ।
यो पनि पढ्नुस …
केटरी बोहरा आफू निरक्षर हुनुहुन्छ, तर छोराहरुलाई स्कूल पढाउन केटरीले २८ वर्षसम्म घनघस्याको जंगलको ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुभएको छ । बैतडीको पाटन नगरपालिका–७, कैलपाल की केटरी बोहराले २८ वर्षसम्म लेकको ओढारमा भैंसी पालेर घिउ बेचेर छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ ।
निरक्षर केटरी बोहराको सानैमा विवाह भयो । श्रीमान रोजगारीका लागि देश विदेश भौतारिनुभयो । त्यो बेलाको दुःख सुनाउँदै केटरीले भन्नुहुन्छ– ‘घरमा चिठ्ठी लेखिदिने मान्छेसम्म कोही थिएनन् ।
श्रीमानलाई घरको दुःख र मनको बह पोख्न अक्षर लेखिदिने मान्छे खोज्नु पर्दा कम्ती दुःख थिएन । चिठ्ठी लेख्ने मान्छे नपाएर रोजगारीमा जाने गाउँ अन्य मान्छेसित मौखिक खबर पठाउँथे ।’गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझ्नुभयो ।
केटरी आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो । दिनभरी जङ्गलमा भैंसी चराएर ओढारमै बसेर केटरीले धेरै घिउ बेच्ने र आएको पैंसाले छोरालाई पढाउने सपना बुन्नुभयो । सपनाको गाँठो फुकाउँदै केटरीले भन्नुभयो, – ‘ओढारमा १० वटा भैंसी पाले ।
त्यो बेला बजारमा दूध बिक्रि गर्ने चलन थिएन । दूधको बजार पनि थिएन । घिउ तताएर टिनका टिन घिउ बेच्ने र आएको पैसाले छोराछोरी पढाउने काम गरे । मेरो सपना साकार भएको छ । छोरो अहिले शिक्षक बनेको छ ।’ उनै केटरी बोहराले घिउ बेचेर पढाएको जेठोछोरा हरिश बोहरा अहिले मास्टर डिग्री गरेर गाउँकै उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्छ ।
आमाको मेहनतले आफु अहिले एक कुशल शिक्षक बन्न पाउँदा भाग्यमानी ठानेको शेरसिंंह बोहरा बताउनुहुन्छ ।शेरसिंह बोहराले भन्नुभयो, – म भन्दा कान्छो भाइ खड्कसिंह बोहराले भर्खरै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा मास्टरडिग्री सकेर घर आएको छ ।
मैले नेपालीमा मास्टरडिग्री गरे, भाइले अंग्रेजी विषयमा पढाई पूरा गरेको छ ।केटरी बोहराका दुई छोरा र दुई छोरी छन् । छोरीहरुलाई पनि कक्षा ८ सम्म पढाएर पराईघर दिएको पनि एक दशक भईसकेको केटरी बोहरा बताउनुहुन्छ । त्यो बेला छोरीहरुलाई चाँडै विवाह गरेर दिने चलन थियो ।
कक्षा ८ मा पढ्दा पढ्दै छोरी लक्ष्मीको विवाह भयो ।आमाले दुःख गरेर भैंसी पाल्ने ओढारमा जन्मनु भएका शेरसिंह बोहरा अहिले शिक्षाको ज्योति फैलाईरहनु भएको छ । केटरीको गाउँमा अहिले मास्टरडिग्री गरेका मात्र होईनन्, थुप्रै डाक्टर, ईन्जिनियर छन् । त्यो बेला केटरी बोहरा श्रीमानलाई चिठ्ठी लेख्न गाउँ भौतारिनु पर्दथ्यो ।
केटरी बोहरा गाउँका धेरै मेहनती आमा मध्ये एक उदाहरणी आमा रहेको भतिजा कलम बोहरा बताउनुहुन्छ।कमल बोहरा भन्नुहुन्छ –‘काकीले अहिलेसम्म त्यो ओढार छोड्नु भएको छैन । अब त आरामा गर्नुस् भन्दा त्यो ओढार सफलताको सिंढी हो भन्नुहुन्छ। अहिले पनि ओढारमा चार वटा भैंसी पालेर भकारो सोहर्नुहुन्छ ।’
निरक्षर काकीको जोश जाँगरले घर परिवार र छिमेकीका सबैले पढाईको महत्व बुझेको कमल बोहरा बताउनुहुन्छ । राजनीतिमा सक्रिय कमल बोहरा युवा उद्यमी पनि हुनुहुन्छ ।बोहरा भन्नुहुन्छ ‘काकीको जेठो छोरा शेरसिंह गाउँको मास्टर हुनुहुन्छ । मेरो आफ्न्र कान्छो भाइ ईन्जिनियर छ ।काकी हाम्रो पनि शिक्षाको प्रेरणाको स्रोत हुनुहुन्छ।’
ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुहुने मेहनती आमाको कथामा भएका स्थानीय रैथाने जातका भैंसी अहिले लोप हुने अवस्थामा पुगेका छन् । भैंसीमा देखा परेको खरी रोगले बैतडीमा रहेका ५० हजार भैंसी संकटमा परेको पशु सेवा विज्ञ केन्द्र बैतडीले जानकारी दिएको छ ।
भैंसीमा खरी रोग लाग्ने बित्तिकै किसानले भैंसी तस्करलाई सस्तो मूल्यमा मासु प्रयोजनका लागि भैंसी बिक्रि गर्न थालेपछि बैतडीका रैथाने भैंसी संकटमा परेका छन् । मेहनती आमाहरुसंगै भैंसी पनि हराउने अवस्थामा पुगेकोले भैंसीपालक किसानलाई सरकारले प्रोत्साहन गर्न भैंसीमा देखा परेको खरी रोगको उपचार हुनुपर्ने भैंसी पालक किसानले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

error: Content is protected !!