१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

छापा मार्ने क्रममा मःम बनाउने कारखानाको फ्रिजमा कुकुरको टाउको भेटियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र ०६, २०८१

 

काठमाडौं । नयाँ दिल्ली भारत पञ्जाबस्थित मोहालीमा महानगरपालिकाको मेडिकल टोलीले कुखुरा बेच्ने पसलहरूमा छापा मारेर लगभग ६० किलोग्राम बिग्रिसकेको फ्रोजन कुखुराको मासु जफत गरेको छ । छापा मार्ने क्रममा मःम बनाउने एउटा कारखानाको फ्रिजमा कुकुरको टाउको समेत भेटिएको दाबी गरिएको छ ।

उक्त कारखाना चलाउनेहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई जानकारी गराइएको मोहालीका सहायक खाद्य सुरक्षा आयुक्त डा. अमृत वारिङले बताए । वितरणको लागि मःम र स्प्रिङ रोल बनाउने कारखानामा कुकुरको मासु प्रयोग गरिएको थियो कि थिएन भनेर अनुसन्धान भइरहेको बताइएको छ । मासु  परीक्षणको लागि पशु चिकित्सा विभागमा पठाइएको छ । मोमोज, स्प्रिङ रोल र चटनीको नमुना पनि पठाइएको छ ।
घटनास्थलमा जमेको टुक्रा मासु र क्रसर मेसिन भेटिएको थियो । आइतबार प्रशासनलाई यस विषयमा जानकारी गराइएको थियो । स्थानीय बासिन्दाहरूको गुनासोपछि आइतबार र सोमबार मोहाली जिल्ला स्वास्थ्य अधिकारी (डीएचओ)ले मटौर (मोहाली) र वरपरका क्षेत्रहरूमा कारबाही गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयले भिडियोमा देखाइएका दुई स्थलहरूको भ्रमण गरेका थिए । त्यहाँ सडेको तरकारी, अस्वस्थकर फास्ट फूड र पकाएको खाना फेला पारिएको बताइएको छ । यस सम्बन्धमा विस्तृत प्रतिवेदन पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ । यसबाहेक, दर्ता नभएका विक्रेताहरूविरुद्ध कानुनी कारबाही भइरहेको छ ।

कारखाना सञ्चालन गर्ने विक्रेताहरू नेपालको भएको भनिएपनि नाम खुलाइएको छैन । छापा मारिएको समयमा स्थानीय मानिसहरू घटनास्थलमा भेला भएका थिए । यसैबीच कारखानाका कामदारहरूले भने फेला परेको टाउको मःम बनाउन प्रयोग नभएको तर उनीहरूले खाने जनावरको मासु भएको दाबी गरेका छन् ।  एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!