२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बुधबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, चैत्र ०६, २०८१

१. मेष :-आज तपाईंको आत्मविश्वास बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ, तर व्यावसायिक निर्णय लिँदा सचेत हुनुहोस्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।

२. वृष :-धनको लेनदेन गर्दा होसियार रहनुहोस्। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। यात्राका लागि अनुकूल दिन छैन।सन्तानको शिक्षालाई लिएर चिन्ता वढ्नेछ ।

३. मिथुन :-नयाँ अवसरहरू हात पार्ने समय आएको छ। पारिवारिक सुख मिल्नेछ। धन प्राप्तिको योग छ।

४. कर्कट :-आज खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। कार्यक्षेत्रमा थोरै दबाब महसुस हुन सक्छ। बिद्यार्थीका लागी भने शुभ रहेको छ ।

५. सिंह :-सफलताको नयाँ ढोका खुल्नेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। प्रेमसम्बन्धका लागि राम्रो दिन छ।

६. कन्या :-कार्यक्षेत्रमा अधिकार स्थापित गर्न सकिनेछ ।।मान सम्मान प्राप्त हुनेछ ।यात्राका योग छन्। परिवारमा साना विवाद हुन सक्छन्।

७. तुला :-आज भाग्यले साथ दिनेछ। नयाँ लगानी फाइदाजनक हुनेछ। सामाजिक सञ्जालमा लोकप्रियता बढ्न सक्छ।

८. वृश्चिक :-आज तनावको सामना गर्नुपर्नेछ। नजिकका व्यक्तिसँग वादविवाद हुन सक्छ। धैर्य राख्नुहोस्।

९. धनु -साझेदारीमा सफलता मिल्नेछ। पारिवारिक प्रेम बढ्नेछ। कार्यक्षेत्रमा राम्रो अवसर प्राप्त हुनसक्छ।

१०. मकर :-आजको दिन आर्थिक दृष्टिले राम्रो छ। परिवारमा खुशीको माहोल हुनेछ। यात्राको सम्भावना छ।

११. कुम्भ :-नयाँ काम सुरु गर्न अनुकूल समय छ। आत्मबल बढ्नेछ। प्रेमसम्बन्धमा सुधार आउनेछ।

१२. मीन आत्मविश्वास वढ्नेछ ।विद्यार्थीको लागि दिन अनुकुल रहेको छ ।नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ। शत्रुहरू भने सक्रिय हुन सक्छन्।

माधवा शर्मा ।

सचिव नेपाल ज्योतिष परिपद् लुम्बिनी प्रदेश।

मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ।

फो नं 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!