२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

मृत्यु मिति निश्चित तोकिए पछी जागिर खाएपछि एक दिन अबकाश जानू पर्दछ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र ०६, २०८१

 

काठमाडौं । जसरी मानिसको मृत्यु निश्चित मिति तोकिए पछि अनुचित काम नगरी धार्मिक कार्यक्रममा निस्कए झै जागिर खाएपछि एक दिन अबकाश जानू पर्दछ भन्ने विश्व ब्यापी मान्यता हो ।

म आज बेल्का अबकाश जादैछु भन्ने थाहा हुदाहुदै पनि गलत काम गरिन्छ भने त्यसले संस्था वा संगठनलाई कुन बाटोमा जादैछ भन्ने स्पष्ट थाहा हुन्छ।
एक जना गलत ब्यक्तिको गलत नेतृत्वका कारण नेपाल प्रहरी न चल्न सक्यो नत हिडन नै सक्यो।अहिलेको गतिशील नेतृत्वले गम्भीर ढंगले सोच्नु पर्नै बिषय हो।
चुनाब पछिको मन्त्रीमन्डल र अबकाश जानू को अगाडि एक महिनाको समय जसको पनि समय लङ्गडो हो अर्थात काम चलाउ हो।
बिकट पाहाडि गाउँहरु, तराईका ताता घामहरुमा डढेका नेपाल प्रहरीका अनुहारहरु र हिउँले सेकेर कालो भएका अनुहारहरूलाई छोडेर सधै गैडा पोस्टिङमा रमाएकाहरु अस्ति मिति २०८१/१२/४ गते प्रहरी बरिस्ठ नायव निरीक्षक देखि प्रहरी जबानहरुको ३१ जनाको काज सरुवा नेपाल प्रहरीको बिभिन्न ठाउँहरुमा भएको कर्मचारी प्रशासन शाखाको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाको हस्ताक्षर भएको पत्र देखे।

अबकाशको समयको अन्तिम घडिमा जो जसलाई काज खटाएको छ।३१ जना मध्ये कोहि कसैलाई म पनि चिन्छु ।जसले बिभागलाई केही दिएको छैन ।बिभागबाट केही लिएको छ।
तत्कालीन प्रहरी महानिरीक्षक बसन्त बाहादुर कुबँरले अबकाशको अन्तिम घडिमा जुन काज खटाउनु भएको छ।त्यसले गलत परम्परा र गलत संस्कृतिको बिकाश भएको छ।
यदि त्यस्ता प्रहरी कर्मचारीहरुलाई काज गर्नुपर्ने बाध्यता थियो भने नबनियुक्त प्रहरी महानिरीक्षक दिपक थापा सरको आदेशले गरेको भए के बिर्गथ्यो र ?
श्रद्देय प्रहरी महानिरीक्षकलाई के अनुरोध गर्नै चाहान्छु भने आफु भन्दा अगाडिको ले गरेको गलत कामहरुलाई सच्चाई बिकृति र गलत परम्पराको अत्य गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आशाको रक्त संचार
गर्नुहोला भनेर बिन्रम अनुरोध गर्दछु। नेपाल प्रहरीका निवर्तमान प्रहरी उपरीक्षक एसपी राजेन्द्र बाबू रेग्मीको लेख

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]