०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

मृत्यु मिति निश्चित तोकिए पछी जागिर खाएपछि एक दिन अबकाश जानू पर्दछ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र ०६, २०८१

 

काठमाडौं । जसरी मानिसको मृत्यु निश्चित मिति तोकिए पछि अनुचित काम नगरी धार्मिक कार्यक्रममा निस्कए झै जागिर खाएपछि एक दिन अबकाश जानू पर्दछ भन्ने विश्व ब्यापी मान्यता हो ।

म आज बेल्का अबकाश जादैछु भन्ने थाहा हुदाहुदै पनि गलत काम गरिन्छ भने त्यसले संस्था वा संगठनलाई कुन बाटोमा जादैछ भन्ने स्पष्ट थाहा हुन्छ।
एक जना गलत ब्यक्तिको गलत नेतृत्वका कारण नेपाल प्रहरी न चल्न सक्यो नत हिडन नै सक्यो।अहिलेको गतिशील नेतृत्वले गम्भीर ढंगले सोच्नु पर्नै बिषय हो।
चुनाब पछिको मन्त्रीमन्डल र अबकाश जानू को अगाडि एक महिनाको समय जसको पनि समय लङ्गडो हो अर्थात काम चलाउ हो।
बिकट पाहाडि गाउँहरु, तराईका ताता घामहरुमा डढेका नेपाल प्रहरीका अनुहारहरु र हिउँले सेकेर कालो भएका अनुहारहरूलाई छोडेर सधै गैडा पोस्टिङमा रमाएकाहरु अस्ति मिति २०८१/१२/४ गते प्रहरी बरिस्ठ नायव निरीक्षक देखि प्रहरी जबानहरुको ३१ जनाको काज सरुवा नेपाल प्रहरीको बिभिन्न ठाउँहरुमा भएको कर्मचारी प्रशासन शाखाको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाको हस्ताक्षर भएको पत्र देखे।

अबकाशको समयको अन्तिम घडिमा जो जसलाई काज खटाएको छ।३१ जना मध्ये कोहि कसैलाई म पनि चिन्छु ।जसले बिभागलाई केही दिएको छैन ।बिभागबाट केही लिएको छ।
तत्कालीन प्रहरी महानिरीक्षक बसन्त बाहादुर कुबँरले अबकाशको अन्तिम घडिमा जुन काज खटाउनु भएको छ।त्यसले गलत परम्परा र गलत संस्कृतिको बिकाश भएको छ।
यदि त्यस्ता प्रहरी कर्मचारीहरुलाई काज गर्नुपर्ने बाध्यता थियो भने नबनियुक्त प्रहरी महानिरीक्षक दिपक थापा सरको आदेशले गरेको भए के बिर्गथ्यो र ?
श्रद्देय प्रहरी महानिरीक्षकलाई के अनुरोध गर्नै चाहान्छु भने आफु भन्दा अगाडिको ले गरेको गलत कामहरुलाई सच्चाई बिकृति र गलत परम्पराको अत्य गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आशाको रक्त संचार
गर्नुहोला भनेर बिन्रम अनुरोध गर्दछु। नेपाल प्रहरीका निवर्तमान प्रहरी उपरीक्षक एसपी राजेन्द्र बाबू रेग्मीको लेख

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको […]

काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको […]

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

error: Content is protected !!