२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बिहीबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, चैत्र ०७, २०८१

मेष :-प्रयत्न गर्दा पनि अवसरहरूको पूर्ण लाभ उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ।

वृष :-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। 
मिथुन :-घरमा मांगलिक कार्यमा धन खर्च हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। धर्मकर्ममा रुचि बढ्नुको साथै आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। राज्यपक्ष वा सामाजिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। भौतिक सुख सुविधा जोड्ने समय रहेको छ।

कर्कट :-आर्थिक वा सामाजिक क्षेत्रमा हानिका योग छन्। भविष्यलाई लिएर नयाँ जग बसाउन सकिनेछ। वादविवादबाट टाढा रहने प्रयास गर्नुहोला। शत्रु पक्ष सक्रिय हुनाले मन अस्थिर हुन सक्छ। कार्यक्षेत्रमा झुठो आरोप लाग्न सक्छ। सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ।महत्वकांक्षी योजना कार्यान्वयन गर्न सकिनेछ। 

सिंह :-जीवन साथीसँग रमाइलो भ्रमणको पल बित्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। जीवन साथीको साथ मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन उचित समय रहेको छ। कार्यक्षेत्रमा नयाँ परिस्थितिले नयाँ जिम्मेवारी मिल्नेछ। प्रशस्त धन वा बहुमूल्य धातु संग्रह गर्ने योग रहेको छ। 

कन्या :-कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा कानुनी समस्या आउनसक्ला। बैंकिंग वा मार्केटिंग क्षेत्रबाट मनग्य लाभ मिल्नेछ। नोकरीमा अपयस मिल्नाले मन अशान्त रहनेछ। विदेशतिर ताक्नेहरूलाई सफलता मिल्नेछ। 

तुला :-पठनपाठनमा आलस्यले गर्दा शिक्षाको क्षेत्रमा समय कमजोर रहनेछ। नोकरीमा स्थान्तरणका योग छन्। व्यापार व्यवसायमा लाभ रहने छ। सन्तानको प्रगतिले मन हर्षित वा आनन्दित रहनेछ। सन्तानको सहयोग र साथ मिल्नेछ।

वृश्चिक :-महत्वकांक्षी योजना सम्पादन हुनाले मन आनन्दित र प्रफुल्लित रहनेछ। समाजमा इष्टमित्रहरूको साथ मिल्ने तथा नयाँ मित्रको सम्पर्कले रोकिएको कार्यसम्पादन हुनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। घरपरिवारमा मनमुटाव हुन सक्ला। पुरानो रोगले सताउन सक्छ। 

धनु :-पराक्रममा वृद्धि हुनेछ ।साहसी बन्नुहोस्, समयले साथ दिनेछ। आफन्तहरूसँगको भेटघाटले मन उत्साहित रहनेछ। नयाँ कामको थालनी हुनेछ। परिवार तथा साथीभाइहरूबाट राम्रै सहयोग मिल्नेछ। सोचेको भन्दा पनि राम्रो सफलता प्राप्त हुने समय रहेको छ।

मकर :-नेटवर्किंग क्षेत्रमा नयाँ अवसरहरू मिल्दैछन्। सरकारी परीक्षाको तयारी गर्नु हुनेहरूको लागि समय उत्तम रहेको छ। पारिवारिक सम्बन्ध सवल रहनेछ। विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूद्वारा मार्गदर्शन मिल्नेछ। कार्यक्षेत्रमा गरिएका कामहरूको धेरै प्रशंसा हुनेछ। 

कुम्भ :-राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा लगनशीलताले पदोन्नतिको योग रहेको छ। बाणीका प्रभावले आफ्नो कार्य सम्पादन गर्न सक्नुहुनेछ। आकस्मिक धनलाभका योग छन्। शेयर मार्केटबाट मनग्य लाभ प्राप्त हुनेछ। 

मीन :-कार्यक्षेत्रमा नयाँ बाधाहरू आउनेछन्। सहकर्मीहरूबाट सावधान रहनुहोस्। मित्रबाट सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धन आउनाले मन खुसी रहनेछ। अनावश्यक खर्च हुनेछ।धर्म कर्ममा रुची वढ्नेछ ।

माधवा शर्मा

ज्यौतिषाचार्य तथा वास्तु विद्
।सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।

मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर जेसिस चोक क लाईन दाङ ।
फो नं :- 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!