२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सशस्त्र बिद्रोहीहरूद्वारा इजरायलमाथि मिसाइल प्रहार ४३० भन्दा धेरैको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र ०७, २०८१

काठमाडौं । इजरायलमाथि प्रहार भएको क्षेप्यास्त्रको जिम्मेवारी यमनको सशस्त्र विद्रोही समूह हुथीले लिएको छ । तेल अभिभ नजिकैको बेन गुरियन विमानस्थलतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको समूहका सैन्य प्रवक्ताले टेलिभिजनमा प्रसारित विज्ञप्तिमा भनेका थिए ।

इजरायली सुरक्षा बलले इजरायलका केही क्षेत्रमा साइरन बज्न थालेको बताएको छ । यसमा कोही घाइते भएको खबर आएको छैन । यसैबिच, गाजामा हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले बिहीबार बिहान इजरायली आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ ।

हवाई हमलापछि इजरायलले गाजामा आफ्नो स्थलगत कारबाही तीव्र पारेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली आक्रमणमा ४३० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]