१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

१६ क्विन्टल बढी गाँजासहित २ वटा ट्रक र २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले  १६ क्विन्टल ३६ किलो गाँजासहित दुई वट ट्रक  नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा  धनकुटाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र ईलामको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत रहेका छन् ।

शुक्रबार राति ईलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं. १ बराह बाहिनी मुख्यालय  र नं. २ गण झापा मातहत  सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेकजाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीहरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले उनीहरुको साथबाट ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाइल समेत बरामद भएको जानकारी दिएको छ। बरामद गरिएको गाँजा, ट्रक र पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!