०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल प्रहरीका पूर्व आईजिपी धिरज प्रताप सिंहले नवनियुक्त आईजीपी दीपक थापालाई बधाई तथा शुभकामना,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०९, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक धिरज प्रताप सिंहले आईजीपी दिपक थापालाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएकोमा बधाई दिँदै सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा संस्थागत सुधारका लागि सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका हुन्।

नेपाल प्रहरीका वरिष्ठ अधिकारीका रूपमा लामो अनुभव हासिल गरेका थापाले नेतृत्व सम्हालेपछि प्रहरी संगठनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

नेपाल प्रहरी पुलिस क्लब भिर्कुटीमण्डपमा आज आयोजित एक कार्यक्रममा उहाँले बधाई तथा शुभकामना दिनुभएको हो ।

नेपाल प्रहरीका आईजीपी वसन्त कुँवरको अवकाशपछि २०८१ चैत ४ गतेकाे सरकारको निर्णयअनुसार प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!