२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बारामा जल्दै गरेको शव प्रहरीद्वारा बरामद हत्या भएको आशंका

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी सम्बादात बिरगंज पुस ५ वीरगञ्ज बाराको पचरौता नगरपालिका १ पिपरपातीबाट प्रहरीले एक महिलाको शव बरामद गरेको छ । जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा मालती देवीको शव नियन्त्रणमा लिइएको हो ।
मालती स्थानीय रामदयाल महतोको श्रीमती हुन् ।
महतोको घरदेखि चार सय मिटर दूरीमा रहेको नेपाल भारत सीमाना नजिकैबाट जल्दै गरेको शव नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मालतीको हत्या भएको आशंकामा अनुसन्धानका लागि शव नियन्त्रणमा लिइएको बारा प्रहरीले जानएको छ । रामदयाल दुई सन्तानसहित फरार छन् ।
भारत मोतिहारी जिल्ला जुवाफर गाउँ माइतीघर भएकी मालतीको हत्यापछि शव जलाइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । रामदयालले मदिरा सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी नायब निरीक्षक विरेन्द्र महतोले कालगतिले मरेको अवस्थामा घरका सदस्यले शव अलपत्र छाडेर नभाग्ने बताउँछन् । ‘कालगतिले मरेको भए घरका सदस्य भाग्ने नै थिएनन्’, उनले भने, ‘शव जल्न छाडेर सबै भाग्नुले हत्या भएको आशंकालाई बलियो बनाएको छ ।’
बिहान पौने ११ बजेतिर गाउँमा मानिसको मृत्यु भएकोबारे प्रहरीले सूचना पाएको थियो । लगत्तै खोजतलासका लागि पुगेको प्रहरी टोलीले गाउँमा केही फेला पार्न सकेन । रामदयालको घरदेखि ४ सय मिटर पर शव जल्दै गरेको देख्यो । प्रहरी पुग्दा शरीरको अधिकांश भाग जलिसकेको थियो । त्यसपछि पानी हालेर आगो निभाइएको थियो ।
बाराका प्रहरी उपरीक्षक विका सराज खनालले हत्या भएको आशंकामा जल्दै गरेको शव नियन्त्रणमा लिनुपरेको बताए । उनले भने, ‘प्रहरी पुग्दा अधिकांश भाग जलिसकेको रहेछ, पिठ्यु, भूँडी लगायतका बाँकी भाग संकलन गरेर अनुसन्धानका लागि ल्याएका छौं ।’
घरका सदस्य ढोका थुनेर भागेको र गाउँलेले घटनाबारे केही नबोलेकाले अनुसन्धानमा समस्या भईरहेको उनले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]