०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

बारामा जल्दै गरेको शव प्रहरीद्वारा बरामद हत्या भएको आशंका

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी सम्बादात बिरगंज पुस ५ वीरगञ्ज बाराको पचरौता नगरपालिका १ पिपरपातीबाट प्रहरीले एक महिलाको शव बरामद गरेको छ । जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा मालती देवीको शव नियन्त्रणमा लिइएको हो ।
मालती स्थानीय रामदयाल महतोको श्रीमती हुन् ।
महतोको घरदेखि चार सय मिटर दूरीमा रहेको नेपाल भारत सीमाना नजिकैबाट जल्दै गरेको शव नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मालतीको हत्या भएको आशंकामा अनुसन्धानका लागि शव नियन्त्रणमा लिइएको बारा प्रहरीले जानएको छ । रामदयाल दुई सन्तानसहित फरार छन् ।
भारत मोतिहारी जिल्ला जुवाफर गाउँ माइतीघर भएकी मालतीको हत्यापछि शव जलाइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । रामदयालले मदिरा सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी नायब निरीक्षक विरेन्द्र महतोले कालगतिले मरेको अवस्थामा घरका सदस्यले शव अलपत्र छाडेर नभाग्ने बताउँछन् । ‘कालगतिले मरेको भए घरका सदस्य भाग्ने नै थिएनन्’, उनले भने, ‘शव जल्न छाडेर सबै भाग्नुले हत्या भएको आशंकालाई बलियो बनाएको छ ।’
बिहान पौने ११ बजेतिर गाउँमा मानिसको मृत्यु भएकोबारे प्रहरीले सूचना पाएको थियो । लगत्तै खोजतलासका लागि पुगेको प्रहरी टोलीले गाउँमा केही फेला पार्न सकेन । रामदयालको घरदेखि ४ सय मिटर पर शव जल्दै गरेको देख्यो । प्रहरी पुग्दा शरीरको अधिकांश भाग जलिसकेको थियो । त्यसपछि पानी हालेर आगो निभाइएको थियो ।
बाराका प्रहरी उपरीक्षक विका सराज खनालले हत्या भएको आशंकामा जल्दै गरेको शव नियन्त्रणमा लिनुपरेको बताए । उनले भने, ‘प्रहरी पुग्दा अधिकांश भाग जलिसकेको रहेछ, पिठ्यु, भूँडी लगायतका बाँकी भाग संकलन गरेर अनुसन्धानका लागि ल्याएका छौं ।’
घरका सदस्य ढोका थुनेर भागेको र गाउँलेले घटनाबारे केही नबोलेकाले अनुसन्धानमा समस्या भईरहेको उनले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।