२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

ट्यांकरले ठक्कर दिँदा दाजुभाइको मृत्यु पछि स्थानीयहरुले बाँकेको बेतहनी प्रहरी चौकीमा आगजनी गरे

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ११, २०८१

बाँके । डुडुवा गाउँपालिका–२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएपछि स्थानीयले बेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन् ।

स्थानीय ७ वर्षीय शिव गोडिया र ९ वर्षीय उनका दाजु विशाल गोडिया स्कुलबाट घर फर्किंदा बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।

ट्यांकरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएपश्चात स्थानीयले प्रहरी चौकीमा आगजनी गरेका हुन् । घटनास्थलबाट स्थानीयले शव उठाउन दिएका छैनन् ।

घटनालगत्तै आक्रोशित स्थानीयले पानी बोक्ने ट्यांकरमा आगो लगाएका थिए । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!